Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नगर प्रहरीले हटायो मैतिदेवीको प्रहरी बिट

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विट खाली गराएको छ ।

सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा नगरप्रहरीले उक्त प्रहरी बिट खाली गराएको हो ।

मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए ।

केहीबेर उक्त भवन पनि भत्काइने जनाइएको छ । प्रहरी बिटमा रहेको सामान ट्रकमा राखेर लगिएको छ ।

प्रहरी बिट कुन भवनमा सार्ने भन्ने बारेमा टुंगो नलगागेको प्रहरीले जनाएको छ । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077