Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, यो संख्या आठ गुणासम्म बढ्न सक्ने

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, यो संख्या आठ गुणासम्म बढ्न सक्ने

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 798
    SHARES

    काठमाडौं । टर्की र सिरियामा गएको तीन शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल सम्म उक्त भूकम्पमा ४ हजार ३०० जनाको मृत्यु पुष्टि भएको छ ।



    १५ हजारभन्दा बढी मानिस घाइते भएका छन् भने हजारौँ भवनहरू भत्किएको छ ।



    सोमबार टर्कीमा १२ घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएका थिए। तिनीहरूको तीव्रता ७.८, ७.६ र ६.० म्याग्निच्युड थिए।

    सबैभन्दा धेरै विनास र मृत्यु टर्की र यसको छिमेकी देश सिरियामा भएको छ। भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन्।

    यस्तै छिमेकी मुलुक सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    यता, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार