Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रूस-युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्ने राष्ट्र संघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्ने चेतावनी दिएका छन् ।

राष्ट्र संघिय महासभामा बोल्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

युक्रेनमाथिको हमलाले युक्रेनी जनता मात्रै नभई विश्वले नै ठूलो पीडा भोग्नु परिरहेको उनले बताए । अहिले पनि युद्ध रोकिने संकेत नदेखिएको उनको भनाई छ ।

अब विश्वले आँखा खोलेर हेर्नुपर्ने बेला आएको भन्दै उनले कतिन्जेल टुलुटुलु रक्तपात हेर्ने भन्दै प्रश्न समेत गरे ।

यसैबीच, पूर्वी युक्रेनको दोनेत्स्कका गभर्नरले आफ्नो क्षेत्रमा पछिल्लो समय युद्ध चर्किने सम्भावना देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077