Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने लक्षित कोइरालाको टिप्पणी - आलोचना सहन नसक्नेले राजनीति गर्नु हुँदैन

चितवन । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र पूर्ण नहुने टिप्पणी गरेका छन् । सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लोकतन्त्रविना विकास सम्भव नहुने भन्दै प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्त्वपूर्ण भएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्न नहुने बताए । आफूले गृह तथा उपप्रधानमन्त्रीमा निरन्तरता नपाएपछि सरकारबाट बाहिरिने निर्णय गराए लगत्तै उनले मिडियाबारे आक्षेपपूर्ण अभिव्यक्ति दिएका थिए ।

‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ’, उनले भने, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।’ कुराकानीकै क्रममा नेता कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077