Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आर्यघाट लगिएको शव प्रहरी नियन्त्रणमा

काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो । बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो ।

तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077