Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या १२ सय नाघ्यो, २८ सय १८ भवन भत्किए

    टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या १२ सय नाघ्यो, २८ सय १८ भवन भत्किए

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 843
    SHARES

    काठमाडौं । टर्कीमा सोमबार गएको भूकम्पमा परी मर्नेको संख्या १२ सय नाघेको छ।  भूकम्पबाट अहिलेसम्म टर्कीमा ९१२ र सिरियामा ३८६ जनाको मृत्यु भएको छ ।

    सिरियामा धेरै जसो अलेप्पो, हामा, लाटाकिया र टार्टसका क्षेत्रहरूमा छन्, सिरियाली सरकारी टिभीले रिपोर्ट गरेको छ ।



    आधिकारिक रूपमा सिरिया सिभिल डिफेन्स भनेर चिनिने “व्हाइट हेल्मेट“ समूहले पनि उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित क्षेत्रमा कम्तीमा १४७ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ ।



    भूकम्पपछि सयौं व्यक्ति घाइते भएका छन् भने अलेप्पो, हामा, लाटाकिया र टार्टसमा ६४८ जना घाइते भएका छन्, सिरियाली सरकारी टिभीले जनाएको छ ।

    त्यस्तै टर्कीमा अहिलेसम्म ९१२ जनाको मृत्यु भएको राष्ट्रपति रिसेप एर्दोगानले टेलिभिजन सम्बोधन मार्फत जानकारी दिएका छन् । एर्दोगानले अहिले राहत र उद्धारको कार्य तिब्रगतिमा भइरहेको बताएका छन् ।

    भूकम्पमा २ हजार ८ सय १८ भवन भत्किनपुगेका छन्।

    टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गाजियान्टेप नजिकै स्थानीय समयअनुसार सोमबार बिहान ४: १७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार