Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • रविलाई लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने – सञ्चार क्षेत्रमाथिको धम्की र आक्रमण सैह्य हुँदैन

    रविलाई लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने – सञ्चार क्षेत्रमाथिको धम्की र आक्रमण सैह्य हुँदैन

    'चितवन २ मा कांग्रेसले जसरी पनि जित्नुपर्छ'

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 780
    SHARES

    चितवन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संचार क्षेत्र र न्यायपालिकामाथि दिएको धम्की सह्य नहुने बताएका छन् ।

    सोमबार नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष ओलीले संसद्को रोष्ट्रममा उभिएर न्यायपालीकालाई दिएको धम्की स्वभाविक नभएको उल्लेख गरे ।



    नेता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा निर्वतमान गृहमन्त्री रवि लामिछानेले संचार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्की कांग्रेसलाई स्वीकार्य नहुने तर्क गरे ।



    कांग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र संचार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् । यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्विकार्य हुँदैन ।’

    अब हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार