Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड- देउवा र ओलीबीच भेटवार्ता

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड- देउवा र ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् ।

    प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि ती नेताबीच छलफल भइरहेको जनाइएको छ ।



    सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमालेलाई मनाउने तयारी भइरहेको छ ।

    प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार