कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ मा विश्वासको मत लिने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले माघ २५ मा विश्वासको मत लिन लागेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिए ।
यो सँगै विश्वासको मत लिने वा नलिने अन्यौल हटेको उनले बताए ।
Leave a Reply