काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन्।
सोमबार बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै दलका सचेतकहरूलाई छलफलका लागि बालुवाटारमा बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालय प्रधानमन्त्री प्रचण्डले बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् ।
यस्तै संसद्मा सांसदहरूको भूमिकामात्र नभई राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल हुने बताइएको छ ।