Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • साफ यू–२० च्याम्पियनसिपमा नेपालको पहिलो जित

    साफ यू–२० च्याम्पियनसिपमा नेपालको पहिलो जित

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 570
    SHARES

    काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

    ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।



    पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा कार्कीले दोस्रो गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् ।

    खेलको ६० औं मिनेटमा दिपा शाहीले नेपालका लागि गोल गर्ने एक सुनौलो अवसर गुमाइन् । ६१ औँ मिनेटमा कप्तान प्रिति राईले नेपालका लागि तेस्रो गोल गरिन् ।

    ६२ औँ मिनेटमा अमिशाले गोल गर्दै टिमको चौथो तथा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

    प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

    अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार