काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।
९५ वर्षको उमेरमा उनको आइतबार निधन भएको थियो । उनको दाहसंस्कारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत उच्च सरकारी अधिकारी उपस्थित थिए ।
दाहसंस्कार अघि नेपाली सेनाको एक टुकुडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो ।
उनको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षीय जबराको आज बिहान निधन भएको थियो ।
१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए।
Leave a Reply