Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्र बैंकका पहिलो गर्भनर राणाको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    राष्ट्र बैंकका पहिलो गर्भनर राणाको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

    उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्।



    ‘नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा दुःखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उहाँले पुर्‍याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु।’



    राणाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। निमोनियका कारण ९५ वर्षका उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार