Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नो लागि बुट जुत्ता आफैं उत्पादन गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले आफ्ना सैन्यदेखि अधिकृतसम्मले प्रयोग गर्ने बुट जुत्ता आफैँ उत्पादन गर्ने भएको छ ।

यसअघि टेन्डर प्रक्रियामार्फत बुट किन्दै आएको सेनाले अव आफैंले उत्पादन गरी आफ्ना कर्मचारीलाई वितरण गर्ने भएको हो ।

वार्षिक करोडौं रुपियाँ खर्च गरेर कालो रंगको बुट खरिद गर्दै आएको सेनाले सुन्दरीजलस्थित आफ्नै जग्गामा बुट उत्पादन गर्ने कारखाना स्थापना गरेको छ ।

सैनिक कल्याणकारी बोर्डबाट ऋण लिएर नेपाली सेनाले उक्त उद्योग स्थापना गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

बोर्डबाट १४ करोड रुपियाँ ऋण लिएर स्थापना भएको सो उद्योगले बुट उत्पादनका लागि चाहिने कच्चा पदार्थ विभिन्न मुलुकबाट झिकाउने प्रक्रिया अगाडि बढाएको उनले बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077