काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शनिबार साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् ।
श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले राष्ट्रपति विक्रमासिंघेसँग भेटवार्ता गरेकी हुन् ।
मन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
यसअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका थिए। परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्किनेछन्।
Leave a Reply