Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी बैठकको निश्कर्ष : राष्ट्रपतिमा विचार मिल्ने दलहरूसँग मिलेर जाने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ ।

शनिवार सम्पन्न स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सहमति नभए जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको बताए । सचिव पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने बताए ।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले बताए ।

यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको उनले बताए । अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै पौडेलले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077