Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस उपसभापति खड्‍का्ले भने - बलात्कार अभियुक्तलाई उन्मुक्ति ग्राह्य हुन सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कार अभियुक्तलाई कुनै पनि खालको उन्मुक्ति ग्राह्य नहुने बताएका छन्।

बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्‍यान)ले निलम्बन फुकुवा गरेपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडी लोकप्रिय होलान। यो बेग्लै कुरा हो ।तर बलात्कार अभियोग वा कुनै पनि अभियोग लागेका व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्दैन।’

खड्काले कोही नेता, कलाकार, लोकप्रिय खेलाडी भएपनि बलात्कार अभियुक्तलाई उन्मुक्ति दिने कुरा ग्राह्य नहुने बताए।

बलात्कार अभियुक्त सन्दीन लामिछानेको निलम्बन फुकुवा गरेकाले त्‍यस सम्बन्धी पुनर्विचार गर्न क्यानको गम्भीर ध्‍यानाकर्षण गर्न पनि उनले बताए।

अहिले क्यानले निलम्बन फुकुवा गरेसँगै लामिछानेलाई बन्द प्रशिक्षणमा पनि समावेश गरेको छ। जसले गर्दा सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077