Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एकीकृत समाजावादीको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठक सुरू भएको छ ।

शनिबार दिउँसो ललितपुरको बालकुमारीमा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरू भएको हो।

यो बैठक भोलिसम्म जारी रहनेछ। बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा। वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बैठक अवधिमा यी दुवै विषयहरूमा नेताहरूले छलफल गर्नेछन्। प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077