Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामान्य प्रशासनमन्त्री मोदी भन्छन् - रेशम चौधरीसहित सजाय भोगिरहेकालाई जेलमुक्त गराउँछु

बाँके । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले टीकापुर घटनामा पक्राउ परि जेल सजाय भोगिरहेका थारु नेतालाई जेलमुक्त गराउने बताएका छन् ।

राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा आयोजित ‘सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले अधिकारका लागि भएका आन्दोलनमा पक्राउ परी मुद्धा खेपिरहेका र जेल जिवन विताइरहेका रेशम चौधरीसहितका थारु नेताहरुको मुद्धा फिर्ता गराउन हरसम्भवको प्रयास गरिरहेको बताए ।

अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनले समेट्न नसकेपछि थारु समुदायले अधिकारका लागि समय–समयमा विद्रोह गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077