Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • क्यानलाई विश्वप्रकाश शर्माको प्रश्न– खेलको नियम मान्नेले न्यायको नियम मान्नु पर्दैन ?

    क्यानलाई विश्वप्रकाश शर्माको प्रश्न– खेलको नियम मान्नेले न्यायको नियम मान्नु पर्दैन ?

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 579
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा प्रधानमन्त्री र नेपाल क्रिकेट संघ क्यानका अध्यक्षको ध्यानकर्षण गराएका छन् ।

    महामन्त्री शर्माले क्यानका अध्यक्ष चन्दसँग आफूले फोनमा कुरा गरेको शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।



    चन्दसँग भएको सम्वादबारे उनले ट्वीटरमा लेखेका छन्, ‘क्यान अध्यक्षलाई फोनमा शोधें- खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुन्छl ध्यानाकर्षण गराउँदछु- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस् ! मौनता जिम्मेवार जवाफ हुन्न !!’



    महामन्त्री शर्माले सन्दीपलाई टिममा नराख्ने हो भने लिग टू अन्तरगत स्कटल्याण्ड र नामिबियासँग आसन्न त्रिकोणात्मक शृखलाको नजिता नेपालको अनुकुल नआउन सक्ने तर्क गरे ।

    नाबालिक बलात्कार आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई गत भदौमा निलम्बन गरेको थियो। तर मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो।

    बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ । शर्माले मौनता नसाँध्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि ध्यानाकर्षण गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार