Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्तिका सांसद चौधरीलाई अदालतमा बुझाइँदै

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइने भएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी लगिएको थियो।

अहिले सांसद चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन् । १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।

मुद्दा परेपछि फरार रहेका कारण उनलाई ६ महिना कैद तोकिएपनि कैद भुक्तान गर्नपर्ने भएको हो। सुरुमै म्याद गुजारेका कारण अदालतले चौधरीलाई पुनरावेदनको म्याद समेत दिएको थिएन।

अब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि सांसद चौधरी थुनामै बस्नुपर्नेछ। उनीहरुलाई बिगो ८ लाख १९ हजार ४ सय २३ रुपैंया भराउने फैसला भएको छ।

अदालतको आदेशपछि उनलाई कुन कारागार लाने भन्ने टुंगो लाग्नेछ। चौधरीसहित पर्शुराम चौधरी र बिरबहादुर चौधरीविरुद्ध ०७० वैशाख ९ गते जनही ६ महिना कैद र उक्त बिगो भराउने फैसला भएको थियो।

कैलाली-२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरीले उक्त फैसला भुक्तान गरेका थिएनन्। पक्राउ परेसँगै उनी सांसदबाट पनि निलम्बनमा परेका छन्।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077