Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई जहाजमार्फत धनगढी ल्याइयो

कैलाली । बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई धनगढी ल्याइएको छ।

उनलाई बिहीबार बेलुकीको श्री एयरलाइन्सको उडानबाट काठमाडौबाट धनगढी ल्याइएको हो । उनलाई आजै बाँकेबाट जहाजमा काठमाडौं लगिएको थियो ।

फेरि जहाजमै उनलाई धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनको साथमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि धनगढी आएकी छिन् ।

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077