Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद अरुण चौधरीको रिहाइ गर्न नाउपाको २४ घन्टे 'अल्टिमेटम'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ ।

सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको ऐन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको हो । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन् ।

थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ ।

१३ वर्ष पूरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय सुनाइएका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077