Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी बैठकमा प्रचण्डले भने - रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ।

बिहीबार पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले ब्रिफिङ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका थिए।

पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताए ।

आज धेरै छलफल गर्न सक्ने अवस्था नरहेकाले बैठक लामो नगर्न प्रचण्डले भनेपछि केहीबेर बसेर भोलिका लागि अर्को बैठक तय गरिएको छ । गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ ।

प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् । प्रचण्डको अडानपछि सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिन रास्वपाको बैठक पनि बिहीबार बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077