Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारले जनतामा आशा जगाउन सकेन, व्यवसायी सुसाइट गरिरहेका छन् : कोइराला

सुनसरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।

कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको पार्टी वडा कार्यलयको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

उनले सरकार गठनपछि जनतामा झनै निराशा बढेर गएको बताए ।

“आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरूले सुसाइट गरिरहेका छन्,” कोइरालाले भने, “यो मुलुकका लागि राम्रो संकेत होइन ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077