Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध रूपमा डिजेल खरिदबिक्री गर्ने दुई पेट्रोल पम्पलाई कारबाही

काठमाडौं । अवैध रूपमा डिजेल खरिदबिक्री कार्यमा संलग्न दुईवटा पेट्रोल पम्प कारबाहीमा परेका छन् ।

नेपाल आयल निगमले सप्तरीका बिक्रेताहरू श्री भण्डार आयल स्टार र श्री दिलिप ट्रेडर्सलाई कारबाही गरेको हो ।

उनीहरूलाई एक लाख रुपैयाँ जरिवाना र ६ महिनाका लागि आपूर्ति बन्द गरिएको छ ।

निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जबाट २० हजार लिटर डिजेल लोड गरेर नम्बर १ प्रादेशिक कार्यालय विराटनगरका नाममा स्टक ट्रान्सफर गरी लैजाने क्रममा सप्तरीको रूपनी प्रहरी कार्यालयभन्दा दुई किलोमिटर उत्तरमा पर्ने कच्ची सडकमा अवैध रूपमा डिजेल बिक्री गरेर ट्याङ्करलाई बेवारिसे छाडेको अवस्थामा भेटिएको थियो ।

स्थलगत अध्ययनका क्रममा चालकसँग मिलेमतो गरेर श्री भण्डार आयल स्टार र श्री दिलिप ट्रेडर्सलाई डिजेल खरिद गरेको पाइएको निगमले जनाएको छ । थप छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077