Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङमा घरभित्रै एक पुरुषद्धारा आत्मदाह प्रयास

    बागलुङमा घरभित्रै एक पुरुषद्धारा आत्मदाह प्रयास

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 522
    SHARES

    बागलुङ । एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्।

    बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।



    जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।



    पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार