Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • ओली-लिङदेनसँगको वार्तापछि नारायणकाजी र देव गुरुङसँग सल्लाह गर्दै प्रचण्ड

    ओली-लिङदेनसँगको वार्तापछि नारायणकाजी र देव गुरुङसँग सल्लाह गर्दै प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 666
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग छलफल गरेका छन् ।

    सत्तागठबन्धनमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनसँग भेटपछि प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरूसँग छलफल गरेका हुन् ।



    गैरसांसदको हैसियतमा पुगिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरिरहेपछि बुधबार बिहान लिङ्देन र ओलीसँग प्रधानमन्त्रीको वार्ता भएको थियो।



    मंगलबार साँझ मात्रै रविसँग बालकोटमा वार्ता गरेका ओली बुधबार बिहानै बालुवाटार पुगेका थिए। त्यस्तै उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले पनि प्रचण्डसँग बुधबार बिहान वार्ता गरेर बाहिरिएका थिए।

    यी दुई नेतासँगको वार्तापछि प्रचण्डले अहिले बालुवाटारमै उपप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग सल्लाह गर्दैछन्।

    नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेले फेरि आफूलाई गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन्। उनले पार्टीमा गृहमा अन्य सांसदको नाम पनि सिफारिस गरेका छैनन्।

    लामिछानले आफूहरूलाई पुरानै सहमतिअनुसारको गृह मन्त्रालय पाउनुपर्ने अडानमा छन् । लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउन एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि प्रचण्डलाई दबाब दिइसकेका छन् ।

    तर प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्‍याउने मनसायमा छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार