काठमाडौं । यार्सागुम्बाको अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई किलो बढि यार्सागुम्बासहित उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट २ किलो १३८ ग्राम यार्सागुम्बा बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यार्सागुम्बाको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका ५ स्थायी घर भएका ४० वर्षीय गोविन्द गिरी रहेका छन् ।
टमटालाई नरेफाँटबाट र गिरीलाई नरदेवीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
Leave a Reply