काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सदस्यसचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।
क्यानभित्र उत्पन्न विविध विवादबीच मल्लले जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन् । मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको बताइएको छ ।
मंगलबार रातिसम्म भएको बैठकमा उनले राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत हुन भने बाँकी छ ।
मल्लले यो जिम्मेवारी गत वर्ष मात्र पाएका थिए । त्यसअघि सचिवको जिम्मेवारी अशोकनाथ प्याकुरेलले सम्हालेकोमा उनले राजीनामा दिएका थिए ।
Leave a Reply