Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा र उन्मुक्तिबीच एकताको सम्भावनाबारे छलफल, डिल्लीबजार कारागारमा वार्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ ।

दुवै दलबीच भएको छलफल अघि बढाउने क्रममा जसपाको तर्फबाट वार्ता समिति संयोजक नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच छलफल भएको हो ।

दुवै नेताबीच मंगलबार बिहान डिल्लीबजार कारागारमा करिब १ घण्टा छलफल भएको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077