Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अरुण तेस्रोको सुरुङ भत्किँदा कामदारको मृत्यु

    अरुण तेस्रोको सुरुङ भत्किँदा कामदारको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 594
    SHARES

    संखुवासभा । निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङभित्र एक जना कामदारको मृत्यु भएको छ ।

    पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएको हो ।



    सुरुङ भत्किदा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् ।



    भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते छन् ।

    दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार