Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्रीले भने- पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्था गरिनेछ

    प्रधानमन्त्रीले भने- पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्था गरिनेछ

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 486
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमाको व्यवस्था गरिने बताएका छन् ।

    नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारकर्मीको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिने पनि बताए ।



    उनले भने, ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिनेछ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमाको व्यवस्था गरिनेछ ।’



    प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार