Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ ।

    नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।



    सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमाएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् ।



    पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेस गरेको छ । रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् ।

    यद्यपि प्रधानमन्त्री र रविको तर्फबाट भेटमा भएका कुराकानीका विषय सार्वजनिक भएको छैन । यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।

    अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो। लामिछाने गृहमन्त्री नरहे पनि रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ। पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार