Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर अधिकारी र काठमाडौं महानगरपालिका मेयर शाहबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।

आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो ।

भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरुको नियमन, निरीक्षण र दुरगामी नीति/कार्यविधि तर्जुमा गर्नेबारे छलफल भएको महानगरले जनाएको छ ।

आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077