Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले सत्ताबाहिर रहँदा अस्थिरता ल्याउन खोज्यो : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले नैतिक र व्यवहारिक हिसाबले पनि राष्ट्रपतिमा दाबी गर्न नमिल्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बोल्दै उनले कांग्रेसले राष्ट्रपतिमा दाबी गर्न नहुने बताएका हुन्। नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु दुःखद रहेको पनि उनले बताए।

पोखरेलले कांग्रेसलाई पहिला आफूले ‘पोल्टिकल पोजिसन’ कुन हो भन्ने प्रस्ट हुन आग्रह गरे । राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पाना नै गर्न नसिके उनको तर्क छ।

कांग्रेसले प्रमुख पदहरुमा दाबी गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले भने,'राष्ट्रपति प्राप्त गर्नैकै लागि हो भने पहिले सत्तापक्षका रूपमा घोषणा गर्नुपर्‍यो नी !'

कांग्रेसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद् सचिवालयमा पत्र पठाएको अवस्थामा के हो भनेर पहिले प्रस्ट हुनुपर्ने अनि मात्र दाबी गर्न मिल्ने उनले बताए । संघ देखी प्रदेशसम्मै गठबन्धनको सरकार रहेकाले कांग्रेसले सत्ताबाहिर रहँदा अस्थिरता ल्याउन लागेको आरोप पनि लगाए।

राष्ट्रपतिकै प्रसंगमा प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077