Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ललितपुरमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु

    ललितपुरमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरमा कार र ट्याक्सी आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

    ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै गएराति कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन् ।



    दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारको क्रममा बिएण्डबी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।



    अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ वर्षीय वीरबहादुर बिकको अवस्था गम्भीर रहेको छ ।

    ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे आपसमा ठोक्किएका थिए । कार चालक बिकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार