भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पार्टी कार्यालयबाट टिभी चोरी भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित जिल्ला पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान चोरी भएको हो । भक्तपुर प्रहरीका अनुसार उक्त टिभी अन्दाजी मूल्य ३६ हजार बराबरको रहेको थियो ।
भक्तपुर नगरपालिका-१ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोस्रो तल्लामा रहेको कार्यालयबाट चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए ।
पार्टी कार्यालयको तीनवटा कोठाहरूका ताला फोडी चोरी भएको पाइएको उनले बताए ।