Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

८७ प्रकारका विषय गोप्य राख्ने सरकारको निर्णयप्रति कोइरालाले जनाए आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर पार्ने गरी सरकारले गरेको निर्णय फिर्ता लिन माग गरेका छन्।

उनले सूचनाको हकलाई लोकतन्त्र, नागरिक शसक्तिकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हकका रुपमा चित्रित गर्दै निर्णय फिर्ता लिन माग गरेका हुन्।

कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरि निर्णय गरेकोमा खेद प्रकट गर्दछु। अबिलम्ब यो निर्णय फिर्ता गर्न म सरकारसँग माग गर्दछु।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने सूचना वर्गीकरण सम्बन्धी समितिले गरेको निर्णयका बारेमा विभिन्न निकायबाट व्यक्त चासोका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ,’ प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077