Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले तोकेको जरिवाना नतिर्दा मेयर बालेनको पद धरापमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ । निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा मेयर बालेनको पद धरापमा परेको हो ।

स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ ।

यदि उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका अधिकांशले जरिवाना तिरिसकेका छन् ।

तर, मेयर बालेनले भने जरिवाना नतिरेको आयोगले जनाएको छ । आयोगले साढे सात लाख रुपैयाँ जरिवाना तिर्न भनेर निर्देशन दिए पनि मेयर बालेन जरिवाना नर्तिने अडानमै छन् । उनले मङ्सिर २८ गते जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए ।

यसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।

पुस १९ मा मेयर शाहले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिटदिएका छन् । आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेस गरेको उनको भनाइ छ ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नु पर्नेमा ३० औँ दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट पेस गरेको बालेनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077