Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कन्सर्टमा घाइते भएका दर्शकको अवस्थाप्रति दुःखी भए गायक खरेल

    कन्सर्टमा घाइते भएका दर्शकको अवस्थाप्रति दुःखी भए गायक खरेल

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 606
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गायक प्रमोद खरेलले शनिवार राति धनकुटामा आफ्नो कन्सर्टको क्रममा भएको अप्रिय घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै गायक खरेलले ‘हिजो धनकुटा कन्सर्टमा भएको अप्रिय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । साथै कार्यक्रमस्थलमा घाइते हुनु भएका सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ भनेका छन् ।



    शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो ।



    गत माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा राष्ट्रिय कलाकार (गायक)  खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । त्यस क्रममा मानिसहरूको धेरै भिडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एक आपसमा ठेलमठेल भई मानिस चेपिएका थिए ।

    धनकुटा महोत्सवको उक्त घटनामा ठेलमठेल हुँदा कम्तिमा ३० जना दर्शक घाइते भएका छन् ।

    ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ भने केही घाइतेको विराटनगरमा उपचार भैरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार