एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा आइतबार बिहान बस दुर्घटनामा पर्दा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानी मिडिया जियो न्यूजको रिपोर्टका अनुसार दुर्घटना लस्बेला जिल्लामा भएको हो । बस पाकिस्तानको क्वेटाबाट कराची आउदै थियो ।
बसमा करिब ४८ जना यात्रु सवार थिए । प्रहरीका अनुसार तिब्र गतिको बस पुलको पिलरसँग ठोक्किएर खाल्डोमा खसेको थियो ।
पाकिस्तानी अनलाइन डनका अनुसार १७ वटा शव घटनास्थलबाट निकालि सकिएको छ। संकलित शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
Leave a Reply