Online Nepal
  • बुधबार, १० पुष २०८१
  • धनकुटा महोत्सवको भीडमा च्यापिएर घाइते भएका ३० जनाको पहिचान खुल्यो [नामावलीसहित]

    धनकुटा महोत्सवको भीडमा च्यापिएर घाइते भएका ३० जनाको पहिचान खुल्यो [नामावलीसहित]

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 522
    SHARES

    धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी घाइते हुनेहरुको नाम सर्वजनिक भएको छ ।

    प्रहरीले महोत्सवको क्रममा भीडमा च्यापिएर घाइते हुने ३० जनाको नाम सार्वजनिक गरेको हो ।



    जसमध्ये १६ जनाको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।



    यस्तै २ जना विराटनगरस्थित गोल्डेन अस्पतालमा र अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो ।

    गत माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा राष्ट्रिय कलाकार (गायक) प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । त्यस क्रममा मानिसहरूको धेरै भिडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एक आपसमा ठेलमठेल भई मानिस चेपिएका थिए ।

    घाइतेहरूको विवरण:

    घोपा धरानमा उपचार भई रहेको घाइतेहरू

    १, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३१ की विष्णु राई अवस्था मध्यम ।

    २, ऐ. बस्ने निजकै छोरा वर्ष ६ को अबिहाङ लिम्बू अवस्था गम्भीर २३ः०० बजे गोल्डेन अस्पताल विराटनगर रेफर ।

    ३, वर्ष अ. ४५–५० की गोमा कार्की अवस्था मध्यम ।

    ४, वर्ष अ. २२-२३ की अनिषा राई अवस्था मध्यम ।

    ५, वर्ष अ. ४०-४२ को नारायण राई अवस्था मध्यम ।

    ६, वर्ष अ. ३-४ को नाम नखुलेको बच्चा अवस्था मध्यम गोल्डेन अस्पताल विराटनगर रेफर ।

    ७, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ७ अ. वर्ष ६ को प्रकट श्रेष्ठ अवस्था मध्यम ।

    ८, वर्ष अ. ३३–३४ की बुद्धिमाया लिम्बू अवस्था मध्यम ।

    ९, वर्ष अ. १७-१८ को सबिन पौडेल अवस्था मध्यम ।

    १०, वर्ष ४०–४२ को सन्दीप साह अवस्था मध्यम ।

    ११, जिल्ला धनकुटा धनकुटा नपा ४ बस्ने वर्ष १२ को प्रवेश राई, अवस्था मध्यम ।

    १२, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १२ की श्रेया कटुवाल, अवस्था मध्यम ।

    १३, जिल्ला धनकुटा धनकुटा नपा ७ वर्ष ३६ की हिरा राना, अवस्था मध्यम ।

    १४, जिल्ला धनकुटा धनकुटा नपा ७ बस्ने वर्ष ३० की अनुषा याखा राई, अवस्था मध्यम ।

    १५. जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३० की विनीता लिम्बू, अवस्था मध्यम ।

    १६, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १३ को सबिन लिम्बू, अवस्था सामान्य ।

    १७, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ११ को सुनिल लिम्बू अवस्था सामान्य ।

    १८, जिल्ला धनकुटा धनकुटा नपा ७ अ. वर्ष ५० को प्रकाश प्रधानलाई ११ बजे राती घोपा धरान पठाएको खुट्टामा चोट, बोल्न सक्ने ।

    जिल्ला अस्पताल धनकुटामा १२ जना सामान्य उपचार पश्चात् डिस्चार्ज भएको

    १, धनकुटा नपा ७ बस्ने वर्ष १४ को अंशु सुबेदी अवस्था सामान्य ।

    २, धनकुटा नपा १ बस्ने वर्ष ४६ को बिसन तामाङ अवस्था सामान्य ।

    ३, धनकुटा नपा १ बस्ने वर्ष ४१ को उदित राई अवस्था सामान्य ।

    ४, धनकुटा नपा १ बस्ने वर्ष ८ को आर्यन राई अवस्था सामान्य ।

    ५, धनकुटा नपा १ बस्ने वर्ष ४८ को नन्द कुमार तामाङ अवस्था सामान्य ।

    ६, धनकुटा ५ बस्ने वर्ष ४१ की शान्ता योगी अवस्था सामान्य ।

    ७, धनकुटा ३ वर्ष ४० कि रेनुका गुरागाई अवस्था सामान्य ।

    ८, पख्रिबास १ बस्ने वर्ष २३ की रिना पाण्डे अवस्था सामान्य ।

    ९, धनकुटा ७ बस्ने कुशुम श्रेष्ठ राना अवस्था सामान्य ।

    १०। धनकुटा ६ बस्ने वर्ष ४० को प्रेम दाहाल अवस्था सामान्य ।

    ११, धनकुटा ५ बस्ने वर्ष ३० कि विनीता सुब्बा अवस्था सामान्य ।

    १२, पख्रिबास ६ बस्ने वर्ष १७ को अनिश कार्की अवस्था सामान्य ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार