एजेन्सी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्न आह्वान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा भएको कार्यक्रममा उनले मिथ्या सूचना रोक्नका लागि सुरक्षात्मक सीमा स्थापना गर्नु पर्ने बताएका हुन् ।
अहिले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट घृणायुक्त भाषण, चरम विचारधारा र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको उनको भनाइ छ ।
महासचिव गुटेरेसले जुनसुकै किसिमको गलत सूचना र विचारको फैलावट रोक्न सबैसँग आह्वान गरे ।
Leave a Reply