Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रूसी आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी । पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रूसी आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ भने कम्तीमा दुई जना घाइते भएका छन् ।

डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले शनिबार जानकारी दिएअनुसार रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए जसमा चार बहुमञ्जिला भवनहरू, एउटा होटल, ग्यारेज र नागरिक कारहरूलाई क्षति पुगेको छ ।

उनले भनेका छन्– तीन नागरिक मारिए । कम्तीमा दुईजना घाइते भए ।

उनका अनुसार उद्धारकर्मी र प्रहरी घटनास्थलमा उद्धार गरिरहेका थिए र आक्रमणबाट भएको क्षतिको निगरानी गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077