Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशलाई अस्थिरताको दुष्चक्रमा फसाउने कोसिस भइरहेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोसिस भइरहेको टिप्पणी गरेका छन् ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले भने, 'अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरू भइरहेका छन्,एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।'

उनले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ रहेको बताए ।

पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भीर रहेको भन्दै उनले त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077