Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै एलिजा गौतम

रुपन्देही । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् । रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नीसमेत रहेकी एलिजा आज रुपन्देहीको भैरहवामा आयोजना हुने कार्यक्रममा उनी पार्टी प्रवेश गर्न लागेकी हुन् ।

शनिवार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा उनलाई पार्टी प्रवेश गराउन सो पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र गौतम रुपन्देही आइसकेका छन् ।

पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले गौतमलाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ भैरहवा आउने कार्यक्रम रहेको चौधरीले बताए ।

‘खासमा यो कार्यक्रम नेपालगञ्जमा गर्ने तयारी थियो तर, सहजताका लागि भैरहवामा गर्ने सहमति भयो’, उनले भने । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077