Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलको जेरुसेलममा गोली हानाहान, सातको मृत्यु

एजेन्सी । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिनपछि भएको गोली हानाहानमा सो घटना भएको हो ।

वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणपछि हिंसा बढ्दै गएपछि एक बन्दुकधारीले इजरायली बस्तीमा गोली चलाउँदा सात जनाको मृत्यु भएको बताइएको छ ।

आक्रमणमा घाइते भएका १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अधिकारीहरुले ७० वर्षका वृद्ध र १४ वर्षका बालकसहित १४ जनामाथि बन्दुकधारीले गोली चलाएको बताएका छन् । घटनाको कसैले जिम्मा लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077