एजेन्सी । सिङ्गापुरमा परीक्षामा चिट चोराउने काममा संलग्न रहेकी एक महिलाविरुद्ध इन्टरपोलले अलर्ट जारी गरेको छ ।
अत्याधुनिक तरिकाले विद्यार्थीहरूलाई परीक्षामा चिट चोराउन फोन र हेडफोनहरूको प्रयोग गरिएको थियो ।
५७ वर्षीया पोह युआन निए नाम गरेकी महिलाले अन्य तीनजना सहयोगीको सहयोगमा यस्तो अवैध धन्धा चलाउँदै आएकी थिइन् ।
उनी सिङ्गापुरबाट भागिसकेको अनुमान गरिएको छ ।
पोनीको उपनामले पनि चिनिने पोहविरुद्ध गत नोभेम्बरमा नगर राज्यले पक्राउ पुर्जी जारी गरेको हो । सिङ्गापुरले इन्टरपोललाई उनको पक्राउका लागि ‘रेड नोटिस’ जारी गराउन पहल गरेको हो ।
Leave a Reply