Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • रवि पदमुक्त भएपछि रास्वपाको कार्यबाहक सभापति र दलको नेतामा अर्याल

    रवि पदमुक्त भएपछि रास्वपाको कार्यबाहक सभापति र दलको नेतामा अर्याल

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 708
    SHARES

    काठमाडौं । सभापति पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको छ ।

    बैठकले पार्टीको उपसभापतिसमेत रहेका श्रममन्त्री अर्याललाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।



    यस्तै उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको आकस्मिक बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय गरेको छ । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समितिको निर्णय संसदीय दलको आगामी बैठकले अनुमोदन गर्नेछ ।



    बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य सहभागी थिए भने विराटनगरमा रहेका महामन्त्री ढकाल भर्चुअल सहभागी भएका थिए ।

    शुक्रबार संवैधानिक इजलासले रविको सांसद पद कायम नरहने फैसला गरेको थियो । योसँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। अदालतबाटै पदमुक्त भइसकेको अवस्थामा लामिछानेले राजीनामा बुझाएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार